काठमाडौं । जबरजस्ती करणी तथा विद्युतीय कारोबारसम्बन्धी कसुरमा फरार रहेका झापाका एक आरोपीलाई इन्टरपोलको रेड नोटिसका आधारमा ओमानबाट पक्राउ गरी नेपाल ल्याइएको छ।
पक्राउ पर्नेमा झापाको बिर्तामोड नगरपालिका–३ का बिमल राजवंशी रहेका छन्।
प्रहरीका अनुसार राजवंशीलाई अन्तर्राष्ट्रिय रूपमा खोजी गर्न नेपाल प्रहरीको अपराध अनुसन्धान विभागअन्तर्गतको इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयले सन् २०२६ मे १३ मा रेड नोटिस जारी गरेको थियो।
त्यसपछि एनसीबी काठमाडौं र एनसीबी मस्कट, ओमानको समन्वयमा उनलाई ओमानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउपछि नेपाल प्रहरीको टोली ओमान पुगेर उनलाई कतार एयरवेजमार्फत नेपाल ल्याएको हो।
राजवंशी शनिबार साँझ ४ः२९ बजे नेपाल आइपुगेपछि प्रहरीको नियन्त्रणमा लिइएका हुन्।
उनीविरुद्धको कसुरका सम्बन्धमा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।








Add Comment