विविध

विराटनगरमा मालपोत कार्यालय अगाडि नवजात शिशु भेटिए, प्रहरीले उद्धार गरी अस्पताल पुर्‍यायो

विराटनगर । मोरङको विराटनगर महानगरपालिका–७ स्थित मालपोत कार्यालय अगाडि नवजात शिशु फेला परेको छ। करिब २–३ दिनको जस्तो देखिने शिशु फेला परेपछि प्रहरीले तत्काल उद्धार गरी उपचारका लागि अस्पताल पुर्‍याएको हो।

जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले शिशुलाई उद्धार गरेर कोशी अस्पताल, विराटनगर लगेको प्रहरीले जनाएको छ।

हाल शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ। शिशुलाई उक्त स्थानमा कसले र किन छाडेको भन्नेबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ।