विविध

गरिमा चौधरी प्रकरणमा सोधपुछको भिडियो सार्वजनिक गर्ने आरोपमा प्रहरी पक्राउ

बारा । सिमराकी तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा अनुसन्धानका क्रममा लिइएको एकजनाको बयानको भिडियो खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा एक जना प्रहरी पक्राउ परेका छन्।

भिडियो सार्वजनिक भएपछि अनुसन्धानको गोपनीयता तथा प्रहरीको कार्यशैलीमाथि प्रश्न उठेको थियो। घटनापछि नेपाल प्रहरीले भिडियो कसरी बाहिरियो भन्ने विषयमा आन्तरिक छानबिन अघि बढाएको थियो।

छानबिनका क्रममा भिडियो खिचेर सार्वजनिक गरेको आरोपमा एक प्रहरी कर्मचारीलाई नियन्त्रणमा लिइएको बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।