काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम पालना नगर्ने ७६९ जना चालक पछिल्लो २४ घण्टामा कारबाहीमा परेका छन्। ट्राफिक प्रहरीले विभिन्न स्थानमा गरेको नियमित चेकिङ तथा सिसिटिभी निगरानीका क्रममा उनीहरूलाई कारबाही गरिएको हो।
प्रहरीका अनुसार तीव्र गतिमा सवारी चलाउने १३० जना सबैभन्दा धेरै कारबाहीमा परेका छन्। यस्तै, मादक पदार्थ सेवन गरी सवारी चलाउने ७६ जना र सिसिटिभीबाट नियम उल्लङ्घन गरेको देखिएका ७५ जना चालक कारबाहीमा परेका छन्।
रातोबत्ती उल्लङ्घन गर्ने ५९ जना, सवारीको अवस्था ठीक नभएका २१ जना, एकतर्फी सडकको नियम तोड्ने १४ जना तथा हर्न निषेधित क्षेत्रमा हर्न बजाउने १३ जना पनि कारबाहीमा परेका छन्।
त्यसैगरी, लेन अनुशासन उल्लङ्घन गर्ने ८ जना र अन्य विभिन्न ट्राफिक नियम तोड्ने ३७३ जना चालकमाथि कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
प्रहरीले सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक अनुशासन कायम गर्ने उद्देश्यले उपत्यकाका विभिन्न क्षेत्रमा जाँच र निगरानीलाई निरन्तरता दिएको जनाएको छ।








Add Comment