विविध

तेह्रथुममा ५६ वर्षीया महिलामाथि जबरजस्ती करणीको आरोप, ४४ वर्षीय पुरुष पक्राउ

तेह्रथुम । तेह्रथुममा ५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार मिति २०८३ भदौ ९ गते छथर गाउँपालिका–२ मा ५६ वर्षीया महिला आफ्नै घरमा सुतिरहेको अवस्थामा सोही स्थानका ४४ वर्षीय लिलमबहादुर लिम्बुले जबरजस्ती करणी गरेको सूचना प्राप्त भएको थियो।

सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा खटिएको थियो। प्रहरीले लिम्बुलाई सोही दिन नियन्त्रणमा लिएको जनाएको छ।

पीडित महिलाले सोही दिन इलाका प्रहरी कार्यालय बसन्तपुरमा जाहेरी दिएपछि आरोपित लिम्बुको स्वास्थ्य परीक्षण गरी प्रहरी हिरासतमा राखिएको छ।

घटनाबारे थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।