काठमाडौं । बाढी तथा विपद् प्रभावित धादिङ, नुवाकोट, रसुवा र चितवनमा उद्धार तथा समन्वयलाई सहज बनाउन नेपाल टेलिकमले फोन र डेटा सेवा निःशुल्क उपलब्ध गराएको छ।
विपद्का कारण प्रभावित क्षेत्रमा सञ्चार सम्पर्कमा समस्या आउन सक्ने अवस्थालाई ध्यानमा राख्दै उद्धार, खोजी तथा राहत कार्यमा आवश्यक समन्वय गर्न यस्तो व्यवस्था गरिएको जनाइएको छ।
यसबाट प्रभावित नागरिक, सुरक्षाकर्मी तथा उद्धारमा खटिएका टोलीलाई आवश्यक सञ्चार सम्पर्क कायम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य जारी रहेकाले आपत्कालीन समन्वयका लागि सञ्चार सेवा महत्वपूर्ण हुने देखिएको छ।








Add Comment