काठमाडौं । चीनतर्फबाट आएको ठूलो बाढी त्रिशूली नदीतर्फ बढ्न थालेपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै काठमाडौं उपत्यकाबाट धादिङ, रसुवा र चितवनतर्फ जाने सवारीसाधन रोकिएको छ।
त्रिशूली नदीमा पानीको बहाव बढ्दै गएपछि नदी आसपासका तटीय क्षेत्रमा जोखिम बढेको जनाइएको छ। सम्भावित दुर्घटना तथा मानवीय क्षति रोक्न सम्बन्धित निकायले ती जिल्लातर्फ जाने यातायात सञ्चालनमा रोक लगाएको हो।
बाढीको अवस्था सामान्य नभएसम्म नदी आसपासका क्षेत्र तथा सडकमार्गमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। यात्रु तथा सर्वसाधारणलाई जोखिमपूर्ण क्षेत्रमा अनावश्यक यात्रा नगर्न र सुरक्षित स्थानमा रहन अनुरोध गरिएको छ।
बाढीको पछिल्लो अवस्था तथा सडक यातायात सञ्चालनबारे सम्बन्धित निकायबाट थप जानकारी प्राप्त भएपछि अपडेट गरिनेछ।








Add Comment