भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा जोखिम कायमै, सुरक्षित स्थानमा रहन आग्रह

भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा जोखिम कायमै, सुरक्षित स्थानमा रहन आग्रह

काठमाडौं । चीनतर्फबाट प्राप्त सूचनाअनुसार नदी थुनिएको स्थानमा पानीको ताल पूर्ण रूपमा खुलिनसकेकाले भोटेकोशी र त्रिशूली नदी आसपासको जोखिम अझै कायम रहेको जनाइएको छ।

भदौ १० गते दिउँसो १ः३५ बजे प्राप्त जानकारीअनुसार अर्को सूचना जारी नभएसम्म नदी आसपास तथा तटीय क्षेत्रका बासिन्दालाई नदीबाट टाढा सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ।

सम्भावित जोखिमलाई ध्यानमा राख्दै नदीको बहाव तथा पानीको सतहमा थप परिवर्तन आउन सक्ने भएकाले सर्वसाधारणलाई सतर्क रहन र सम्बन्धित निकायबाट जारी हुने सूचनाको पालना गर्न अनुरोध गरिएको छ।

विशेषगरी भोटेकोशी र त्रिशूली नदी किनार तथा तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकले सावधानी अपनाउन आवश्यक देखिएको छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply