चितवन । देवघाटस्थित बाढी मापन केन्द्रमा त्रिशूली नदीको पानीको सतह ४.७६ मिटर मापन गरिएको छ। बाढीको बहाव दिउँसो करिब ३ः३० बजे देवघाट क्षेत्रमा पुग्ने अनुमान गरिएको छ।
प्रारम्भिक आकलनअनुसार नदीको पानीको सतहमा करिब ३ मिटरले वृद्धि हुन सक्ने र सतह करिब ८ मिटर पुग्न सक्ने अनुमान गरिएको छ। यो अवस्था २ देखि ३ वर्षमा एकपटक दोहोरिन सक्ने प्रकृतिको बाढी हुने अनुमान गरिएको छ।
हालको आकलनअनुसार चितवन र नवलपरासी क्षेत्रमा ठूलो डुबानको सम्भावना कम देखिए पनि नदीको बहाव बढ्ने भएकाले जोखिमलाई बेवास्ता नगर्न आग्रह गरिएको छ।
अर्को सूचना जारी नभएसम्म नदी छेउछाउका बस्ती तथा बजार क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सावधानी अपनाउँदै सुरक्षित तथा अग्लो स्थानमा रहन अनुरोध गरिएको छ।
सम्बन्धित निकायले नदीको पानीको सतह र बहाव निरन्तर निगरानी गरिरहेको जनाएको छ।








Add Comment