विविध

पृथ्वी राजमार्ग र मुग्लिन–नारायणगढ सडकखण्डमा सवारी आवागमन बन्द

काठमाडौं । बाढी तथा पहिरोको सम्भावित जोखिमलाई ध्यानमा राख्दै पृथ्वी राजमार्ग र मुग्लिन–नारायणगढ सडकखण्डमा सवारी आवागमन बन्द गरिएको छ।

भदौ १० गते बुधबार रातिबाट लागू हुने गरी अर्को सूचना जारी नभएसम्म उक्त सडकखण्डमा सबै प्रकारका सवारीसाधनको आवतजावत रोकिएको जनाइएको छ।

सम्भावित जोखिमबाट यात्रु तथा चालकको सुरक्षा सुनिश्चित गर्न सडक आवागमन बन्द गरिएको हो।

सम्बन्धित निकायले अवस्था सामान्य भएपछि थप सूचना जारी गर्नेछ।