काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या १६२ पुगेको जानकारी प्राप्त भएको छ।
बाढी प्रभावित विभिन्न क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहँदा शव फेला पर्ने क्रम बढिरहेको छ। सुरक्षाकर्मी तथा उद्धार टोलीले प्रभावित क्षेत्रमा बेपत्ता नागरिकको खोजी कार्यलाई तीव्र बनाएका छन्।
बाढीले रसुवासहित नुवाकोट, धादिङ, गोरखा, चितवनलगायतका नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको छ। मृतकको संख्या तथा क्षतिको विस्तृत विवरण संकलन गर्ने कार्य जारी रहेको सम्बन्धित निकायले जनाएको छ।
नोट : मृत्युको संख्या सम्बन्धित निकायबाट आउने पछिल्लो आधिकारिक विवरणअनुसार थप परिवर्तन हुन सक्नेछ।








Add Comment