काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि ३२ देशका ६६७ पर्यटक तथा नेपाली नागरिक अझै सम्पर्कविहीन रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ।
बोर्डको बिहीबार साँझसम्मको अद्यावधिक विवरणअनुसार सम्पर्कविहीन हुनेमा सबैभन्दा धेरै भारतका १७८ जना रहेका छन्। त्यस्तै, नेपालका १२७ जना, अमेरिकाका ६५ जना, युक्रेनका ५३ जना र मलेसियाका ५१ जना सम्पर्कविहीन रहेको बोर्डले जनाएको छ।
त्यसैगरी, अष्ट्रेलियाका ३५ जना, बेलायतका ३३ जना, क्यानडाका २५ जना, चीनका २४ जना, सिंगापुरका ९ जना तथा जर्मनी र रुसका ८–८ जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ।
बोर्डका अनुसार लात्भिया र दक्षिण अफ्रिकाका ६–६ जना, जापान र न्युजिल्यान्डका ५–५ जना तथा फ्रान्सका ४ जना सम्पर्कविहीन छन्।
यस्तै, बेल्जियम र स्पेनका ३–३ जना तथा इटाली, आयरल्याण्ड, काजकिस्तान, नेदरल्यान्ड्स र पोर्चुगलका २–२ जना सम्पर्कविहीन रहेको जनाइएको छ।
यसैगरी बेलारुस, हंगेरी, इजरायल, लिथुआनिया, फिनल्यान्ड, फिलिपिन्स, सर्बिया, स्विडेन र स्वीट्जरल्यान्डका एक–एक जना पर्यटक पनि सम्पर्कविहीन रहेको बोर्डले जनाएको छ।
नेपाल पर्यटन बोर्डले बाढीपछि हालसम्म फेला नपरेका वा सम्पर्कमा नआएका कुल ६६७ जनालाई सम्पर्कविहीनको सूचीमा राखिएको जनाएको छ।
बाढी प्रभावित क्षेत्रमा सुरक्षा निकाय तथा सम्बन्धित निकायबाट खोज तथा उद्धार कार्य जारी रहेकाले सम्पर्कविहीनको संख्या तथा विवरणमा थप अद्यावधिक आउन सक्नेछ।








Add Comment