काठमाडौं । बाढी प्रभावित क्षेत्रबाट आज बिहान १०१ जना विदेशी नागरिकसहित ७२४ जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको नेपाली सेनाले जनाएको छ।
नेपाली सेनाका अनुसार उद्धार गरिएकामध्ये १०१ जना विदेशी नागरिक रहेका छन्। यस्तै, २०० जनालाई स्थलमार्गबाट सुरक्षित स्थानमा उद्धार गरिएको छ।
यससँगै आज बिहान मात्रै बाढी प्रभावित क्षेत्रबाट कुल ९२४ जनाको उद्धार गरिएको छ।
बाढी तथा पहिरोका कारण प्रभावित क्षेत्रमा अझै नागरिकहरू जोखिममा रहेकाले नेपाली सेनालगायत सुरक्षा निकायले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेका छन्।
नेपाली सेनाले प्रतिकूल मौसम तथा चुनौतीपूर्ण भौगोलिक अवस्थाबीच हेलिकप्टर र स्थलमार्गबाट उद्धार अभियान सञ्चालन गरिरहेको जनाएको छ।








Add Comment