काठमाडौं । तिब्बततर्फ पानी थुनिएको बाँध पुनः फुटेको भन्ने जानकारी प्राप्त भएपछि सम्बन्धित क्षेत्रका नागरिकलाई तत्काल उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
सम्भावित बाढी तथा थप जोखिमलाई ध्यानमा राख्दै नदी आसपास तथा जोखिमयुक्त क्षेत्रमा रहेका सर्वसाधारणलाई तत्काल सुरक्षित स्थानतर्फ जान अनुरोध गरिएको छ।
उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मी र उद्धारकर्मीलाई समेत विशेष सतर्कता अपनाउन भनिएको छ।
सम्बन्धित निकायले घटनाको विस्तृत विवरण तथा सम्भावित जोखिमबारे थप जानकारी संकलन गरिरहेको जनाइएको छ। नागरिकलाई अफवाहमा नलागी आधिकारिक निकायबाट जारी हुने सूचना तथा निर्देशनको पालना गर्न आग्रह गरिएको छ।








Add Comment