विविध

सामाजिक सेवामा सक्रिय सोनु शाहद्वारा बाढीपीडितलाई रु. ३०,०५१ सहयोग

काठमाडौं । देश प्राकृतिक विपद्को चपेटामा परिरहेका बेला बाढी तथा पहिरो प्रभावित नागरिकको राहत र उद्धारका लागि विभिन्न व्यक्ति, व्यवसायी तथा संघसंस्थाले सहयोगको हात अघि बढाइरहेका छन्।

यसै क्रममा Family Hub का सञ्चालक सोनु हलुवाई शाहले बाढीपीडितको राहतका लागि रु. ३०,०५१ तीस हजार एकाउन्न रुपैयाँ सहयोग गरेका छन्। उनले उक्त रकम सरकारमार्फत प्रभावित तथा पीडित परिवारसम्म पुग्ने गरी सहयोग गरेका हुन्।

रसुवालगायत विभिन्न क्षेत्रमा बाढीका कारण ठूलो जनधनको क्षति भइरहेका बेला पीडितहरूको दुःखमा आफ्नो तर्फबाट साथ दिन सहयोग गरेको शाहले बताएका छन्।

eHeraldPost सँगको कुराकानीमा शाहले विपद्को समयमा सबैले आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्ने बताएका छन्। उनले आफूले गरेको सहयोग ठूलो रकम नभए पनि पीडितहरूको दुःखमा साथ दिने उद्देश्यले सहयोग गरेको बताए।

शाह पछिल्लो समय सामाजिक सेवामा समेत सक्रिय रहँदै आएका छन्। केही महिनाअघि उनले माव सेवा आश्रममा २०० भन्दा बढी बालबालिका, वृद्ध आमाबुबा तथा एकल महिलाहरूलाई भोजन गराउनुका साथै दुःख तथा समस्यामा परेका व्यक्तिहरूलाई सहयोग गर्दै आएको बताए।

समाजमा समस्यामा परेका तथा असहाय व्यक्तिहरूलाई आफ्नो क्षमताअनुसार सहयोग गर्दै आएको बताउँदै शाहले आगामी दिनमा पनि सामाजिक सेवाका कार्यलाई निरन्तरता दिने बताएका छन्।

विपद्को समयमा पीडित परिवारलाई राहत उपलब्ध गराउनु सबैको साझा दायित्व भएको उल्लेख गर्दै उनले अन्य व्यक्ति तथा व्यवसायीहरूलाई पनि सहयोगका लागि अघि आउन आग्रह गरेका छन्।

‘सेवा नै धर्म हो’ भन्ने भावनासहित आफूले सरकारमार्फत सहयोग गरेको बताउँदै शाहले संकटको समयमा मानवीय सहयोग र एकताले पीडित परिवारलाई ठूलो हौसला दिने बताएका छन्।

नेपालमा बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि विभिन्न क्षेत्रबाट सहयोग जुट्ने क्रम जारी छ।