मुग्लिङ । मुग्लिङ–धादिङ–काठमाडौं रुटमा बाढी तथा पहिरोपछि जमेको लेदो हटाउने काम सकिएको छ।
मुग्लिङ प्रहरीले दिएको जानकारीअनुसार सडकमा अवरोध बनेको लेदो हटाउने कार्य सम्पन्न भएसँगै आज रातिबाट सडक सञ्चालनमा आउने सम्भावना बढेको छ।
सडकको अवस्था तथा सुरक्षासम्बन्धी अन्तिम मूल्यांकनपछि सवारी आवागमन खुलाउने निर्णय गरिने जनाइएको छ।
यात्रु तथा सवारी चालकलाई सम्बन्धित निकायबाट जारी हुने आधिकारिक सूचना पालना गर्न आग्रह गरिएको छ।








Add Comment