विविध

रसुवा बाढीपछि ४८ वर्षीय गोपाल बस्नेत सम्पर्कविहीन, परिवारद्वारा खोजीका लागि अपिल

काठमाडौं । रसुवामा आएको भीषण बाढीपछि ४८ वर्षीय गोपाल बस्नेत सम्पर्कविहीन भएका छन्।

परिवारका सदस्यले eHeraldPost लाई दिएको जानकारीअनुसार सिन्धुपाल्चोकको बाह्रबिसे स्थायी घर भई हाल भक्तपुर बस्दै आएका बस्नेत बाढीपछि परिवार तथा आफन्तको सम्पर्कमा आएका छैनन्।

बस्नेत Himal Eco Trek मा माउन्ट कैलाश गाइडका रूपमा कार्यरत रहेको परिवारले जनाएको छ।

परिवारले उनको खोजीका लागि सबैसँग सहयोगको अपिल गरेको छ। उहाँलाई कसैले देख्नुभएको वा उहाँको अवस्थाबारे कुनै जानकारी प्राप्त भएको भए ९८४६६६४६७८ मा सम्पर्क गर्न अनुरोध गरिएको छ।

नोट : यो समाचार सम्बन्धित परिवारका सदस्यले eHeraldPost लाई उपलब्ध गराएको जानकारीका आधारमा तयार गरिएको हो।