विविध

रसुवा बाढीपछि ४२ वर्षीय राजकुमार लामा सम्पर्कविहीन, परिवार चिन्तित

काठमाडौं । रसुवामा आएको भीषण बाढीपछि ४२ वर्षीय राजकुमार लामा सम्पर्कविहीन भएका छन्।

परिवारका सदस्यले eHeraldPost लाई दिएको जानकारीअनुसार दोलखा स्थायी घर भई हाल काठमाडौंको नागार्जुन नगरपालिका–२, ठूलोभयाङ बस्दै आएका लामा बाढीपछि सम्पर्कविहीन भएका हुन्।

लामा ठूलो गाडी चालकका रूपमा कार्यरत रहेको परिवारले जनाएको छ। बाढीपछि उनीसँग सम्पर्क हुन नसकेपछि उनकी श्रीमती तथा परिवारजन उनको अवस्थाबारे चिन्तित रहेका छन्।

राजकुमार लामालाई कसैले देख्नुभएको वा उहाँको अवस्थाबारे कुनै जानकारी प्राप्त भएको भए उनकी श्रीमती प्रतीक्षा लामाको सम्पर्क नम्बर ९८६०७०३५०३ मा जानकारी गराइदिन परिवारले अनुरोध गरेको छ।

नोट : यो समाचार सम्बन्धित परिवारका सदस्यले eHeraldPost लाई उपलब्ध गराएको जानकारीका आधारमा तयार गरिएको हो।