काठमाडौं । रसुवाबाट उद्धार गरी काठमाडौंको नागार्जुन नगरपालिका–२ स्थित पहेंलो गुम्बामा ल्याइएका २०० जना बाढीपीडितलाई राहत सामग्री उपलब्ध गराइएको छ।
काठमाडौं महानगरपालिकाका प्रमुखको उपस्थितिमा महानगर प्रहरी बलमार्फत बाढीपीडितलाई १०० थान कम्बल, १६० जनाका लागि म्याट तथा खाना पकाउने १० थान ग्यास सिलिन्डर उपलब्ध गराइएको छ।
विपद् प्रभावित क्षेत्रबाट उद्धार गरी काठमाडौं ल्याइएका नागरिकलाई अस्थायी रूपमा पहेंलो गुम्बामा राखिएको छ। उनीहरूका लागि आवश्यक राहत तथा व्यवस्थापनको कार्य भइरहेको जनाइएको छ।
प्रभावित नागरिकलाई आवश्यक खाद्य सामग्री तथा अन्य आधारभूत सहयोग उपलब्ध गराउन सम्बन्धित निकायले राहत व्यवस्थापनलाई निरन्तरता दिएको छ।








Add Comment