विविध

उद्धार तथा राहतमा सहयोग गर्न चिनियाँ टनेल विज्ञहरूको टोली नेपाल आइपुग्यो

काठमाडौं । बाढी तथा विपद्पछि उद्धार तथा राहत कार्यमा सहयोग गर्न चिनियाँ टनेल विज्ञहरूको टोली नेपाल आइपुगेको छ।

टनेलभित्र फसेका नागरिकको खोज तथा उद्धारमा प्राविधिक सहयोग पुर्‍याउने उद्देश्यले चिनियाँ विज्ञहरू नेपाल आएका हुन्।

टोलीले प्रभावित क्षेत्रमा रहेका टनेल तथा उद्धारका लागि चुनौतीपूर्ण संरचनाको अवस्थाबारे अध्ययन गरी आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउने अपेक्षा गरिएको छ।