काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बाढीको बहाव थप केही बढेको सूचना प्राप्त भएपछि सम्बन्धित क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ।
२०८३ भदौ १४ गते बिहान ७ः२० बजे जारी गरिएको अद्यावधिक सूचनाअनुसार रसुवा, नुवाकोट, धादिङ र चितवनलगायतका प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यमा खटिएका सबैलाई विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ।
त्यस्तै, नदीको तटीय क्षेत्रमा रहेका नागरिक तथा अन्य सम्बन्धित सबैलाई पनि सम्भावित जोखिमलाई ध्यानमा राख्दै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
सम्बन्धित निकायले बाढीको अवस्था निरन्तर निगरानी गरिरहेको जनाएको छ। थप सूचना प्राप्त हुनासाथ अद्यावधिक गरिने जनाइएको छ।








Add Comment