विविध

रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र कोही फेला परेनन्, खोजीपछि उद्धार टोली फर्कियो

रसुवा । रसुवाको भोटेकोशी नदीमा बाढी आएलगत्तै प्रभावित बनेको रसुवागढी जलविद्युत् आयोजना (RHPL) को सुरुङभित्र खोजी गर्दा कुनै पनि मानिस फेला नपरेपछि नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोली फर्किएको छ।

सुरुङको अन्तिम भागमा मानिसहरू फसेको आशंका गरिएपछि नेपाली सेनाको टोली इन्जिनियर तथा ड्रोन टोलीसहित खोजी अभियानमा जुटेको थियो।

उद्धार टोलीले सुरुङको भित्री भाग हुँदै अन्तिम बिन्दुसम्म पुगेर खोजी गरेको थियो। साथै, ड्रोनको प्रयोगबाट समेत सुरुङभित्र निरीक्षण गरिएको जनाइएको छ।

खोजीका क्रममा सुरुङभित्र कुनै पनि मानवीय उपस्थिति फेला नपरेपछि त्यहाँ कोही नरहेको पुष्टि भएको जनाइएको छ।

खोजी कार्य सम्पन्न भएपछि नेपाली सेनाको उद्धार टोली रसुवाको धुन्चेतर्फ फर्किएको छ।