काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हालै रसुवाको भोटेकोशी नदी क्षेत्रमा आएको विनाशकारी बाढीलाई हिमाली क्षेत्रमा बढ्दो जलवायु परिवर्तनजन्य जोखिमसँग जोड्दै यसप्रति सबै सचेत हुनुपर्ने बताएका छन्।
हालैको बाढीबारे बोल्दै प्रधानमन्त्री शाहले विज्ञहरूको भनाइ उद्धृत गर्दै हिमाली क्षेत्रमा भएको हिउँ तथा चट्टानसम्बन्धी प्राकृतिक घटनाका कारण भोटेकोशीमा ठूलो विपद् सिर्जना भएको बताएका छन्।
उनले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण भविष्यमा सामना गर्नुपर्ने जोखिम बढ्दै गएको संकेत उक्त घटनाले दिएको उल्लेख गरे।
प्रधानमन्त्री शाहले जलवायु परिवर्तन विश्वव्यापी समस्या भएकाले यसको प्रभाव न्यूनीकरण तथा व्यवस्थापन विश्व समुदायको साझा जिम्मेवारी भएको बताए।
उनले जलवायु परिवर्तनका कारण नेपालजस्ता हिमाली राष्ट्रहरूले सामना गरिरहेका विपद्का विषयमा अन्तर्राष्ट्रिय समुदायलाई थप गम्भीर र जिम्मेवार बनाउनुपर्नेमा जोड दिएका छन्।








Add Comment