हुम्लामा गाउँपालिका कार्यालयमा आगलागी, दुई जना पक्राउ

हुम्लामा गाउँपालिका कार्यालयमा आगलागी, दुई जना पक्राउ

हुम्ला । ताँजाकोट गाउँपालिकाको कार्यालयमा आगलागी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार गत भदौ ७ गते राति करिब १ बजे ताँजाकोट गाउँपालिका–३ टाकुरेस्थित गाउँपालिकाको कार्यालयमा आगलागी भएको थियो।

घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा आगलागी घटनामा ताँजाकोट गाउँपालिका–४ गल्लाबाडाका करिब ४७ वर्षीय कृष्णचन्द्र जैसी र सोही गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत ४५ वर्षीय धनराज ढकाल संलग्न रहेको खुलेपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनामाथि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply