Home » Sample Page » हुम्लामा गाउँपालिका कार्यालयमा आगलागी, दुई जना पक्राउ
विविध

हुम्लामा गाउँपालिका कार्यालयमा आगलागी, दुई जना पक्राउ

हुम्ला । ताँजाकोट गाउँपालिकाको कार्यालयमा आगलागी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार गत भदौ ७ गते राति करिब १ बजे ताँजाकोट गाउँपालिका–३ टाकुरेस्थित गाउँपालिकाको कार्यालयमा आगलागी भएको थियो।

घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा आगलागी घटनामा ताँजाकोट गाउँपालिका–४ गल्लाबाडाका करिब ४७ वर्षीय कृष्णचन्द्र जैसी र सोही गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत ४५ वर्षीय धनराज ढकाल संलग्न रहेको खुलेपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनामाथि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।