अर्घाखाँचीमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

अर्घाखाँचीमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

काठमाडौं । अर्घाखाँचीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

जिल्लाको सन्धिखर्क नगरपालिका–८ किमडाँडास्थित सन्धिखर्क–किमडाँडा भित्री पक्की सडकखण्डमा बुधबार बिहान दुर्घटना भएको हो।

प्रहरीका अनुसार बिहान करिब ९ः१५ बजे लु.५ त ५५६ नम्बरको ट्याक्टर सडकबाट करिब १३० फिट तल खसेको थियो। दुर्घटनामा सन्धिखर्क नगरपालिका–८ काउली चौपारी पकले निवासी अन्दाजी ३५/३६ वर्षीय सुरज विश्वकर्माको मृत्यु भएको हो।

दुर्घटनाको कारण भने अहिलेसम्म खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धानका लागि SOCO सहितको प्रहरी टोली घटनास्थलमा खटिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परेको ट्याक्टर घटनास्थलमै रहेको र घटनाको थप अनुसन्धान भइरहेको जनाइएको छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply