एसियाली खेलकुदमा पदक विजेता खेलाडीलाई नगद पुरस्कार दिने सरकारको निर्णय

एसियाली खेलकुदमा पदक विजेता खेलाडीलाई नगद पुरस्कार दिने सरकारको निर्णय

काठमाडौं । सरकारले जापानको आइची–नागोयामा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्ने महिला कबड्डी र कराँतेका खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकले पदक विजेता खेलाडी तथा उनीहरूको टोलीलाई नगद पुरस्कार दिने निर्णय गरेको हो।

बैठकले विश्व बैंकसँग नेपाल अर्थक्वेक क्याटास्ट्रोपी बन्डसम्बन्धी म्यान्डेट एग्रिमेन्टमा हस्ताक्षर गर्न स्वीकृति दिने निर्णयसमेत गरेको छ।

त्यसैगरी, बिटौरी जग्गामा बसोबास गर्दै आएका व्यक्तिका नाममा जग्गा दर्ता गर्नेसम्बन्धी समिति गठन आदेश, २०८३ स्वीकृत गरिएको छ।

मन्त्रिपरिषद् बैठकले नेपाल न्याय सेवा, सरकारी समूहका सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेलाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गरी बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिव पदमा पदस्थापन गर्ने निर्णयसमेत गरेको छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply