कांग्रेस सभापतिमा गगन थापाको शानदार जित, ६ हजार ५८४ मत प्राप्त

कांग्रेस सभापतिमा गगन थापाको शानदार जित, ६ हजार ५८४ मत प्राप्त

काठमाडौं । नेपाली कांग्रेसको सभापति पदमा गगनकुमार थापा निर्वाचित भएको विवरण सार्वजनिक गरिएको छ। निर्वाचन समितिले सार्वजनिक गरेको मतपरिणामअनुसार थापाले ६ हजार ५८४ मत प्राप्त गर्दा प्रतिस्पर्धी श्यामकृष्ण खड्गीको पक्षमा ३७५ मत परेको छ।

दुवै उम्मेदवारले प्राप्त गरेको मतबीच ६ हजार २०९ को अन्तर देखिएको छ। सभापति पदका लागि खसेका ७ हजार १३ मतमध्ये ६ हजार ९५९ मत सदर भएका थिए भने ५४ मत बदर भएको जनाइएको छ।

शुक्रबार मतदान सकिएपछि राष्ट्रिय सभागृहमा सभापति पदको मतगणना गरिएको थियो। निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्का, सदस्यसचिव राजु कटुवाल र सदस्य सुजन लोप्चनले नतिजा प्रमाणित गरेका थिए।

सभापति पदको परिणाम सार्वजनिक भए पनि अन्य पदको मतगणना बाँकी रहेको विवरणमा उल्लेख छ। उपसभापति, महामन्त्री, सहमहामन्त्री र केन्द्रीय सदस्य पदका मतपत्र पार्टीको केन्द्रीय कार्यालय सानेपामा राखिएका छन्।

गत जनवरीमा विशेष महाधिवेशनबाट सभापति बनेका थापाले नियमित महाधिवेशनबाट पनि नेतृत्वका लागि जनादेश पाएको समाचारमा उल्लेख छ। निर्वाचनअघि उनले पार्टीबाट टाढिएका परम्परागत मतदाताको विश्वास पुनः फर्काउने विषयलाई प्राथमिकतामा राख्ने बताएका थिए।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply