काठमाडौं । गृहमन्त्री सुधन गुरुङ बिमस्टेक गृहमन्त्रीस्तरीय प्रथम बैठकमा सहभागी हुन आज भारत प्रस्थान गरेका छन्।
बैठकमा क्षेत्रीय सुरक्षा, अन्तरदेशीय अपराध नियन्त्रण, साइबर सुरक्षा तथा विपद् व्यवस्थापनमा सदस्य राष्ट्रहरूबीच सहकार्य सुदृढ बनाउने विषयमा छलफल हुने जनाइएको छ।
क्षेत्रीय सहयोगका लागि बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सदस्य राष्ट्रहरूबीच साझा सुरक्षा चुनौतीको सामना गर्न समन्वय र सहकार्य बढाउने उद्देश्यले बैठक आयोजना गरिएको हो।
बैठकले क्षेत्रीय सुरक्षा संयन्त्रलाई प्रभावकारी बनाउने, सीमापार हुने अपराध नियन्त्रणमा सहकार्य विस्तार गर्ने तथा साइबर अपराध र विपद्का चुनौती सामना गर्न सदस्य राष्ट्रहरूबीच अनुभव र सूचना आदानप्रदानलाई प्राथमिकता दिने अपेक्षा गरिएको छ।