काठमाडौं । काठमाडौंमा २४ घण्टाभन्दा बढी समयदेखि निरन्तर वर्षा भइरहेकाले शनिबार हुने नेपाल प्रिमियर लिग (एनपीएल) का दुवै खेल प्रभावित हुने सम्भावना बढेको छ।
दिउँसो १२:३० बजे लुम्बिनी लायन्स र चितवन राइनोजबीच पहिलो खेल तय गरिएको छ। तर मौसमविद्ले दिउँसो २ बजेसम्म वर्षा जारी रहने पूर्वानुमान गरेका छन्।
वर्षा रोकिए पनि मैदान खेल्नयोग्य बनाउन समय लाग्ने भएकाले पहिलो खेल नै रद्द हुन सक्ने जोखिम बढेको छ। साँझ ५ बजे विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्सबीच हुने दोस्रो खेलसमेत अन्योलमा परेको छ।
एनपीएलमा रिजर्भ डे नरहेकाले वर्षाका कारण खेल हुन नसके दुवै टोलीले एक–एक अंक बाँड्नुपर्नेछ।