काठमाडौं । दानबहादुर कार्कीलाई महानिरीक्षक पदबाट हटाएर सरकारले केसीलाई नियुक्त गरेको छ । नवनियुत्त आईजीपी डा. मनोजकुमार केसीलाई गृहमन्त्री सुधन गुरुङ दज्र्यानी चिन्ह प्रदान गरेका छन् । बुधबार गृह मन्त्रालयमा आयोजित एक कार्यक्रममा गृहमन्त्री गुरुङले केसीलाई आईजीपीको दज्र्यानी चिन्ह प्रदान गरेका छन् ।
केसीलाई मन्त्रिपरिषद् बैठकले महानिरीक्षक पदमा नियुक्त गरेको थियो । कार्कीलाई भने प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको छ ।