विविध

शीतलहर प्रभावितलाइ नेपाल परिवार दलले राहत सामग्री वितरण गर्ने 

काठमाडौ  ३० पुस । तराई–मधेसका जिल्लामा व्यापक रूपले बढिरहेको शीतलहरका कारण त्यहाँको जनजीवन प्रभावित हुदै स्थानीय जनवीवन दिनानुदीन कष्टककर बन्दै गयको अवस्थालाइ दृष्टिगत गर्दै नेपाल परिवार दलले शीतलहर प्रभावित क्षेत्रमा राहत सामग्री वितरण गर्ने निर्णय गरेको छ ।

दलका अध्यक्ष एकनाथ ढकालको अध्यक्षतामा आइतबार बसेको उपत्यकामा उपलब्ध केन्द्रीय सदस्यहरूको बैठकले सो निर्णय गरेको दलका प्रबक्ता सन्तोष कुमार पौडेलले जानकारी दिनु भएको छ । पौडेलका अनुसार आजको बैठकले तराई–मधेशका रौतहट, बारा, पर्सा, सप्तरी, सिरहा, धनुषा र महोत्तरी लगायतका जिल्लाका शीतलहरबाट प्रभावित परिवारलाई भेटेर कम्तीमा ५ सय थान कम्बल वितरण गरिने निर्णय गरेको जनाउदै माघ २ गतेबाट राहत सामग्री उल्लिखित जिल्लामा वितरण गरिने बताउनु भएको छ ।
त्यस्तै प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा जनताले दिएको मतादेशको कदर गर्दै उनीहरूलाई मर्का परेको बेला साथ दिनु आफूहरूको कर्तव्य रहेको ठहर गर्दै यस्तो निर्णय गरेको दलका महामन्त्री विनोद डाँगी बताए । बैठकले निर्वाचन सफल पार्न भूमिका खेल्ने सबै पक्षलाई धन्यवाद समेत दिएको छ । साथै बैठकले ताजा जनादेशको आधारमा वाम प्रगतिशील गठबन्धनको नेतृत्वमा सरकार गठनका लागि बर्तमान सरकारलाइ मार्गप्रशस्त गर्नपनि आग्रह गरेको छ ।