कर्मचारी अभाव समस्या पन्ध्र दिनभित्र अन्त्य : मन्त्री पण्डित

कर्मचारी अभाव समस्या पन्ध्र दिनभित्र अन्त्य : मन्त्री पण्डित

नुवाकोट, ३० चैत ।संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले अबको पन्ध्र दिनभित्र सबै प्रदेश र स्थानीय तहमा आवश्यक कर्मचारी परिचालन गरिने बताउनुभएको छ । जिल्ला समन्वय समिति नुवाकोटमा आज आयोजित कार्यालय प्रमुख र निर्वाचित जनप्रतिनिधिसँगको अन्तरक्रियामा मन्त्री पण्डितले कर्मचारी अभावले सरकार सञ्चालनमा कठिनाइ भएकाले चाँडै समस्या समाधान गरिने बताउनुभएको हो ।
“कर्मचारीलाई कुन ठाँउमा जान चाहेको हो, त्यसको आधारमा उनीहरुको रोजाइमा पन्ध्र दिनभित्रै पठाउन लागिरहेका छौँ”–उहाँले भन्नुभयो, “सरकारले रोजेको स्थानमा पठाउने नीति अवलम्बन गरेकाले राष्ट्रसेवक कर्मचारी भएर जान्न भन्नेलाई सधैँको लागि बिदा गरिनेछ ।”
“कर्मचारी र जनप्रतिनिधिलाई विशिष्ट कूटनीतिक भ्रमणबाहेक बाँकी सबै भ्रमण रोकेका छौँ”–उहाँले भन्नुभयो, ‘‘सरकारी अनुमति नलिई कोहीपनि कुनै बाहनामा अब विदेश जान पाउँदैन ।”

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply