जानकारी

सेहतका लागि लाभकारी र वजनलाई समेत नियंत्रित राख्न मदत गर्छ भुँईकटहर

आप र भुँईकटहर गर्मीको मौसमका लागि मुख्य फल मानिन्छन् । आप र भुँईकटहर लगभग हामी सबैले मनपराउने फलहरु मध्यका फलहरु हुन । भुँईकटहरमा विटामीन सी को मात्रा भरपूर हुन्छ, जो शरीरीक रोग प्रतिरोधक क्षमता बढ़ाउछ । साथ–साथै यसमा कैल्शियम र फाइबर पनि हुन्छ र फैटको मात्रा यसमा धेरै कम हुने गर्छ । भुँईकटहरमा एन्जाइम्स पनि हुन्छ । भुँईकटहरमा एन्जाइम्स हुने हुनाले पाँचन क्रियाका लागि समेत लाभकरी हुन्छ ।
वजन कम गर्छ : भुँईकटहरमा धेरै विटामीन्स र मिनरल्सहरु हुन्छन्, जबकि कैलरीजको मात्रा धेरै कम हुन्छ, त्यसैले भुँईकटहर खानु या यसको जूस पीउनुले शरीरलाई सबै पोषक तत्व पाउनुका साथै शरीरमा अतिरिक्त कैलरीज पनि बन्दैन ।
शरीरलाई बनाउछ मजबूत : भुँईकटहरमा विटामीन सी, ए र सेलेनियम हुन्छ । यसले गर्दा सबै तत्व रोग प्रतिरोधक क्षमतालाई बढ़ाउछ । यसले गर्दा शरीरमा अलग–अलग प्ररकारका रोगका वायरसहरुसँग लड्ने सक्षम हुन्छ । यसकारणले गर्दा कुनै इन्फेक्शनको संभावना पनि धेरै कम हुन जान्छ ।
हाडहरु हुन्छन मजबूत : भुँईकटहर अर्थात अनानासमा भरपुर मात्रामा मैग्नीशियम पाईन्छ । यसले हाडहरु मजबूत बनाउन र शरीरलाई ऊर्जा प्रदान गर्ने काम गर्दछ । एक कप भुँईकटहरको जूस पीउनुले दिनभरीको लागि आवश्यक जरूरी मैग्नीशियमको ७३ प्रतिशतको हाम्रो शरीरमा हुनजान्छ ।
आँखाहरुका लागि लाभदायक : भुँईकटहरमा विशिष्ट गुणहरु भएका कारण यसको सेवनले आँखाहरुका लागि लाभकरी सिद्ध हुन्छ । जुनप्रकारले गाजर खानाले आँखाहरुको देख्ने शक्ति बनिरहन्छ त्यस्तै प्रकारले भुँईकटहरको सेवन गर्नुले पनि आर्मड ARMD अर्थात उमेर बढाउनुको साथै आँखाहरुमा रहेको कमजोरीहरु अथवा आँखाहरुको रोशनीलाई ३६ प्रतिशतसम्म कम गर्न फलदायी हुन्छ । भुँईकटहरलाई डायटमा शामिल गर्नाले शरीरलाई जरूरी ऐन्टीआक्सिडेन्ट्स प्राप्त हुन्छ ।