Home » Sample Page » ग्रीन कफीको सेवनले स्वस्थ्य रहनुका साथै वजन समेत घटाउछ
जानकारी

ग्रीन कफीको सेवनले स्वस्थ्य रहनुका साथै वजन समेत घटाउछ

यदि दिनमा एक कप भन्दा पनि बढी कफी पीउनु हुन्छ भने अधिक मात्रामा कैफीन शरीरमा प्रवेश गराउनु हो । कफी अर्थात कैफीनको सेवन गर्नाले सेहतमा नकारात्मक असर हुन सक्ने संभावना हुनसक्छ । तर अब भने यसको समाधान ग्रीन कफीको रुपमा आईसकेको छ ।
पहिला ग्रीन कफी भन्दा शायदै कसैले सुनेको वा सेवन गरेको होला । तर अहिले ग्रीन कफी बजारमा आईसकेको छ । ग्रीन कफीको सेवन गर्नुले स्वास्थ्यलाई तरोताजा र फुर्ति सहित शरीरलाई ग्रीन कफीले स्वस्थ राख्न मदत पु¥याउछ । ग्रीन कफीे अधिक मात्रामा पीउनुले पनि सेहतमा त्यसको कुनै नाकारात्मक असर पर्दैन । किनभने ग्रीन कफीमा कैफीनको मात्रा ना को बराबर हुन्छ । यसको अलावा पनि ग्रीन कफी पीउनुले स्वास्थ्यमा अनेकौं लाभहरु हुनसक्छन् । ग्रीन कफीको सेवनले मानिसको स्वास्थ्यमा के–कस्ता लाभहरु हुनसक्छन यहा केही उदाहरणहरु दिईएका छन् ।
१. शारिरीक ऊर्जामा बढ़ोतरी : ग्रीन कफीको बीन्समा क्रोनोलाजिकल ऐसिड हुन्छ । ग्रीन कफीको सेवन गर्नाले शरीरमा मेटाबालिज्म सही रहन्छ जसले शरीरमा पोजिटिव ऊर्जा बनाई रहन्छ ।
२. शारिरको वजनलाई नियंत्रणमा राख्छ : ग्रीन कफीको बीन्समा विटमिन्स र मिनरल्स भरपूर मात्रामा पाईन्छ । यसले शरीरमा पोषक तत्वहरुको स्तरलाई बनाई राख्नमा मदत पु¥याउछ र शरीरको वजनलाई नियंत्रण राख्छ । सरलमा यसरी पनि बुभ्mन सकिन्छ कि ग्रीन कफीको सेवनले शरीरको वजन बढ्न वा मोटोपना आउनबाट ग्रीन कफीले रोक्छ ।
३. ऐंटीअक्सिडेंटमा भरपूर : ग्रीन कफी बीन्स ऐंटीअक्सिडेंट्सबाट समृद्ध हुन्छ र शरीरमा आउने हरेक हानिकारक प्रभावलाई दूर राख्छ ।
४. डायबीटीजलाई कंट्रोलमा राख्छ : यदि सुगर भएको व्यक्तिले ग्रीन कफीको अधिक सेवन गर्नेहो भने सुगरको मात्रा विस्तारै कम भएर जान्छ साथै वजन पनि बढी छ भने वजनलाई समेत नियंत्रणमा ल्याउनुमा लाभारी सिद्ध हुन्छ ।
 ५. ब्लड प्रेशरलाई नियंत्रणमा राख्छ : ग्रीन कफीको सेवनले मनिसको रक्तचापलाई नियंत्रितमा राख्न मदत पु¥याउछ । मानिसमा उच्च रक्तचापबाट हार्ट अटैक, क्रनिक किडनी फेलियर जस्ता समस्याहरु हुन सक्छन त्यस्ता समस्याहरु ग्रीन कफीले रोक्छ सौथ ब्लडमा प्लेटलेट्स बनाउनमा मदत पु¥याउछ यसले शरीरमा कलेस्ट्राललाई बढाउदैन र ब्लड प्रेशर कंट्रोलमा रहने गर्छ ।
 ६.कैफीनको मात्रा कम हुन्छ : अधिकतर कफीमा ७–९ प्रतिशत मात्रामा कैफीन पाईन्छ । कैफीन स्वास्थ्यका लागि हानिकारक हो । तर ग्रीन कफीमा कैफीनको मात्रा न को बराबर हुन्छ त्यसैले ग्रीन कफी अधिक मात्रामा सेवन गर्न सकिन्छ र ग्रीन कफीको सेवनले मानिसलाई चौबीसो घण्टा चुस्त, मस्त व स्वस्थ राख्न मदत पु¥याउछ ।