विविध

लाईन्स क्लव अफ नेपाल जनालिस्टको पूर्ण बैठक सम्पन्न

काठमाडौं, १२ जेठ । लाईन्स क्लव अफ जनालिस्टको पूर्ण बैठक मध्य बानेश्वरमा बसी सम्पन्न भएको छ । कल्वका अध्यक्ष योेगेन्द्र प्रताप शाहीको अध्यक्षतामा सम्पन्न बैठकले कल्वको विधिगत संरचना अनुरुप कार्य समितिलाइ पूर्णता दिएको हो । जस अनुसार लायन योगेन्द्र प्रताप शाहीको अध्यक्षतामा वोर्डका उपाध्यक्षद्दय लायन निरञ्जन ओझा, लायन नेत्र प्रसाद न्यौपाने रहनु भएको छ भने, सचिवर सहसचिवमा श्रीजन झा र लायन नरेन्द्र मानन्धर रहनु भएको छ । त्यस्तैगरि कोषाध्यक्ष र सह कोषाध्यक्षमा क्रमस लायन मञ्जु शाही र लायन सुभाञ्जली मान्नधर रहेका छन भने कार्य समिति सदस्यहरुमा लायन गणेश कुमार शर्मा, लायन यज्ञ ढकाल, लायन हिरा आले, लायन सन्तोष गौतम, लायन शिव पाण्डे र लायन सुनिता कोइराला लगायतका व्यक्ति लायन्स सदस्य रहेका छन ।
त्यस्तै बैठकले क्लवको इन्टरनेशनल फाउण्डेसन डाइरेक्टरमा लायन राजन कार्की त्यस्तै गरि पब्लिक रिलेसन अफिसरमा लायन रोसन कार्की र विधागत डाइरेक्टरमा लायन प्रज्जवल थापा, लायन प्रवीन श्रेष्ठलाइ जिम्मेवारी दिएको छ । क्लवपका सचिव लायन श्रीजन झाद्दारा जारी विज्ञप्तिमा पत्रकारहरुको संगठीत प्रस्तुत क्लवले आफेना क्रियाकलाप सूचना प्रवाह गर्ने लक्ष्य सहित समाचार एवम् सूचनामुलक अनलाइन समेत सञ्चालन गर्ने नितिगत निर्णय गरेको उल्लेख गरिएको छ ।