जानकारी

पछाडिको गोजिमा मोटो–बाक्लो वालिट (पर्स) राख्ने बानि शरीरका लागि घातक

मानीसले आफ्नो पछाडिको गोजीमा पर्स जति ठुलो र बाक्लो अथवा मोटो राखेको हुन्छ त्यो मानीससँग नगद बढी हुन्छ वा आफ्नो रुवाब देखाउनको लागि पनि गोजीमा बाक्लो मोटो वालिट (पर्स) राख्ने गर्छन । मानीस सानो वालिट (पर्स) मा नगदका अलावा क्रेडिट कार्ड, डेबिट कार्ड, विजिटिंग कार्ड, ड्राइविंग लाइसेंस, आईडी र यस्तै अनेकौं आवश्यक सामान पछाडीको गोजीमा राख्ने गर्छन । तर, यहा सबैका लागि बुभ्mनु पर्ने विषय छ मानीस अक्सर सबैले पैंटको पछाडीको गोजीमा वालिट (पर्स) राख्ने गर्छन जसले मानीस आफ्नै शरीरलाई ठुलो गंभीर परेशानिहरुलाई निम्त्याई रहेका हुन्छ । डाक्टरहरुको सलाहका हिसाबमा मानीसको पछाडीको गोजीमा राखेको वालिट (पर्स) ले मानीसको शरीरलाई अनेको प्रकारबाट नुकसान पु¥याई रहेको एक अनुसन्धानबाट पत्ता लागेको छ ।

वालिट (पर्स) दिन सक्स मानिसलाई साइटिका पेन : सोसायटी फार अल्जाइमर ऐंड एजिंग रिसर्चका जनरल सेक्रेटरी धिकव बताउछन् पाछाडिको गोजीमा राखेको मोटो वालिट (पर्स) ले मानीसको हिप जाइंट र कमरको तल्लो भागमा दुखाई शुरु गर्छ । ढाढमा एक नश हुन्छ जसलाइ साइटिका भन्छन् । जब मानीस पछाडिको गोजीमा धेरै बेरसम्म वालिट (पर्स) राखेर बस्छ त्यो समयमा साइटिका नस च्यापिन्छ । साइटिका नस च्यापिनाले हिप जाइन्ट र कमरको तल्लो भागमा दुखाई शुरु हुन्छ र त्यो दुखाई विस्तारै विस्तार बढेर औंलासम्म पुग्छ । जसको कारणले खुट्टा सुन्नीने वा झमझमाउने हुन्छ जसलाई साईन्सको भाषामा शूटिङ्ग पेन भनिन्छ ।

हुनसक्छ पिरिफोर्मिस सिंड्रोम : यदि हरेक दिन यस प्रकारको दुखाई हुने गर्छ भने बुझे हुन्छ यस प्रकारकोको निरन्तर दुःखाई अथार्त पिरिफोर्मिस सिंड्रोम हुनसक्ने संभावना देखिदैछ । पछाडिको गोजिमा मोटो बाक्लो पर्स राख्नुको कारणले हिप जाइन्ट एकातिर झुकेको हुन्छ । हिप जाइन्ट एकातिर लगातार झुकि रहनुले मानिसको रीढको हड्डीमा अधिक दबाव प्रेशर भएको हुन्छ । मानिसको पछाडिको गोजिमा पर्स जति मोटो वा बाक्लो हुन्छ शरीर त्येसै हिसाबमा एकातिर झुक्छ र दुखाई पनि बढीनै हुन्छ । मोटो वा बाक्लो पर्स पछाडिको गोजिमा राख्ने बानिले मानिसको रीढ़को हड्डीमा बाङ्गोपना आउन सक्छ यदि मानिसको रीढको हड्डीमा अघाडी देखि नै कुनै समस्या भएको भएमा पछाडीको गोजिमा पर्स राख्ने बानिले झन ठुलो समस्या हुनसक्ने प्रबल संभावना हुन्छ ।
कालरा अस्पतालका डा आर एन कालराका अनुसार युवा, ओवर वेट र लामो समयसम्म बसीरहनेहरुमा यसप्रकारको समस्या हुने गर्छ साथै यो बीमारीको संख्या लगातार बढीरहेको छ । समयमा र सही इलाज गर्न सकियो भने यस प्रकारको समस्या ठीकहुन सक्ने डा. कालराको भनाई छ । यस्तो समस्याले मानिसको रिडको हाडलाई अर्थात ब्याक बोर्न (स्पाईनल) लाई कमजोर गर्छ त्यसैले यस प्रकारको समस्या लिएर अस्पताल आउनेहरुलाई पछाडिको गोजीमा पर्स वालिट नराख्न सलाह समेत अस्पतालले दिने गरेको पनि बताउछन् डा. कालरा ।

यसरी सावधानी अपनाउन सकिन्छ :
पछाडिको गोजीमा धेरै समयसम्म वालिट (पर्स) राखेर नबस्ने ।
हिप स्ट्रेचिंग एक्सर्साइज गर्ने ।
हर २० मिनटमा २ मिनटका लागि सिटबाट उठ्ने र टहलने ।
वालिट (पर्स) लाई अघाडिको गोजिमा या कुनै बैगमा राखने ।