विविध

नेपाल ज्योतिष परिषदको २० औ वार्षीक उत्सव भब्यताका साथ सम्पन्न, परिषदको १६ औ सम्मेलन रुपन्देहीमा हुने

काठमाडौं, २६ पुस । नेपाल ज्योतिष परिषदको २० औ वार्षीक उत्सव एक भब्य कार्यक्रमको आयोजना गरि राजधानीको प्रज्ञा भवनमा सम्पन्न भएको छ । महिला तथा वालवालीका राज्य मन्त्री कान्ता भट्टराईको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै राज्यमन्त्री भट्टराईले धर्म सस्कृती राष्ट्रको पहिचान भएकोले यसको रक्षाको निम्ति सबै एकजुट हुनुपर्नेमा जोड दिएकि दथईन्। त्यस्तै कार्यक्रम संयोजक तथा नेपाल ज्योतिष परिषदका महासचिव सन्तोष वाशिष्ठले नेपाल ज्योतिष परिषदले विभिन्न अन्तराष्ट्रिय सम्मेलनमा भाग लिएर विभिन्न सम्मान तथा अवार्डहरुबाट विभुषित हुदै देशको नाम उचो राख्न सफल भएको उल्लेख गरेका थिए ।
कार्यक्रममा विश्व ज्योतिष महासंघका अध्यक्ष डा. लोकराज पौडेल, ज्योतिष परिषदका केन्द्रीय अध्यक्ष तथा वार्षिक उत्सव समारोहका सभापती माधवराज पाण्डे, नेपाल पन्चाङ्ग निर्णायक समितिका अध्यक्ष डा. रामचन्द्र गौतम लगायतका बक्ताहरुले ज्योतिष विज्ञान, पन्चाङ्ग, धर्म सस्कृती, कर्मकाण्ड लगायतका विविध विषयमा धारणा राख्दै यस क्षेत्रलाई मर्यादित बनाउदै एकरुपता ल्याउनुपर्नेमा जोड दिएका थिए । वक्ताहरुले कालसर्प योग तथा मृत्यु सस्कारका शन्दर्भमा पछिल्लो समय उठेका केही बहसलाई प्रष्ट पार्ने कोसिश समेत गरेका थिए । त्यस्तै महिला ज्योतिषहरुले राज्यबाट आफुहरुलाई अपेक्षीत सहयोग प्राप्त नभएकोमा गुनासो ब्याक्त गरेका थिए । कार्यक्रममा किरात तथा मङगोल ज्योतिषहरुको समेत सहभागिता थियो भने
सो अबसरमा रसिया बाट नेपाल आइ ज्योतिष क्षेत्रमा लागेका रसियन ज्योतिषलाई हौसला स्वरुप सम्मान समेत गरिएको थियो । त्यस्तै सो क्षेत्रको प्रबर्द्धनको निम्ति योगदान गर्ने केही ब्याक्तित्वहरु सो अबसरमा सम्मानित भएका थिए । कार्यक्रमका प्रमुख अतिथि सहित अधिकाश बक्ताहरुले मन्तब्य को बिच बिचमा सस्कृत स्लोक र वाणी वाचन गरेपछी समारोहको माहोल शुन्दर भएको थियो। कार्यक्रम पछि सञ्चारकर्मीहरुलाई सक्षिप्त प्रतिक्रिया दिदै युवा ज्योतिष तथा परिषदका सचिव लक्ष्मण पन्थीले आफुहरु ज्योतिष क्षेत्रलाई मर्यादित र ब्यावस्थीत बनाउन कटिबद्ध रहेको बताउदै ज्योतिषको क्षेत्रमा हामिहरु अन्तराष्ट्रिय रुपमानै राम्रो प्रभाव बनाउदै छौ साथै अन्तराष्ट्रिय मञ्चहरुमा ज्योतिष संगै देशको कला सस्कृती र पर्यटनलाई समेत प्रर्बद्धन गर्न कोशिस गरिरहेका छौ।” पन्थीले भने ।
देश संघिय संरचनामा गएपछि परिषदले आफ्नो संगठनात्मक संरचना पनि संघिय स्वरुपमा नै परिमार्जित गरिसकेको छ । परिषदको १६ औ सम्मेलन प्रदेश नम्वर ५ को रुपन्देहीमा हुने कुरा महासचिव द्धारा जारी विज्ञप्तीमा जनाईएको छ । साथै २०७४ लाई भवन निर्माण बर्षको रुपमा अगाडि बढाइ तत्पस्चात आधुनिक वेदशाला निर्माण गर्ने लक्ष्य रहेको जारी विज्ञप्तीमा उल्लेख छ।
उक्त कार्यक्रममा ज्योतिष तथा सनातन धर्म संग सम्बन्धीत विभिन्न ब्याक्तित्वहरुको सहभागिता रहेको थियो। कार्यक्रममा बोल्ने बक्ताहरुले ज्योतिष विधा विज्ञानमा आधारित भई तथ्य र मान्यतामा चल्ने भएकाले यो मानव जिवनको लागि मार्गदर्शनको रुपमा रहने उल्लेख गरेका थिए । साथै बक्ताहरुले ज्योतिष क्षेत्रमा पछिल्लो समयमा केही विकृतीहरु देखिएकोमा चिन्ता ब्याक्त गर्दै यसलाई अगामी दिनमा मर्यादित र विश्वसनीय बनाउनको निम्ति सबै सरोकारवाला एक जुट हुनुपर्ने आबस्यकता औल्याएका थिए।