पीडितलाई अहिले प्रदेश र स्थानीय सरकारले राहतसमेत वितरण गरेका छन् । जिल्लामा अहिले आलु, तरकारी, गहुँ, तोरीलगायत खाद्यान्न र तरकारी बाली पूर्वी तराईबाट आयात भइरहेको छ । जिल्लामा करीब तीन हजार हेक्टर जमिनमा गहुँखेती हुने गरेको छ । आकाशे पानीको भरमा खेती गरिँदै आएका जिल्लाका ओख्रे, सुदाप, पञ्चकन्या, फाक्चारामा, हमरजुङ, म्याङलुङ, साब्ला, पिप्ले, जलजले, ओयाक्जुङ, सिम्ले, थोक्लुङ, चुहानडाँडा, संक्रान्तिलगायत दुई दर्जनभन्दा बढी गाउँका हजारौँ हेक्टर खेतीयोग्य जमीनमा अहिले बाँझै छन् ।
केही स्थानमा उम्रिएको आलु, हिउँदे मकै, गहुँ, जौलगायत बाली पनि सुकेर मर्न थालेको चुहानडाँडाका किसान कृष्ण बाँस्कोटाले बताउनुभयो । लामो खडेरीका कारण खेतबारी र जङ्गलमा नयाँ घाँस नपलाउँदा पशुवस्तुको आहारमा समेत समस्या परेको किसान उहाँको भनाइ थियो । जिल्लाको ३७ हजार २८२ हेक्टर क्षेत्रफल खेतीयोग्य जमीनमध्ये छ हजार ४६० हेक्टर क्षेत्रफल जमीनमा मात्र सिँचाइ सुविधा छ । -रासस
Add Comment