विविध

सवारी साधन कारवाहीमा

दाङ  ः सशस्त्र प्रहरी बल सुरक्षा बेस तुलसीपुरले असोजदेखि आजसम्म विभिन्न खोलामा अवैधरुपमा नदीजन्य वस्तु उत्खनन गर्ने ४३ सवारी साधन पक्राउ परेका छन् ।

प्रहरी निरीक्षक अशोक न्यौपानेका अनुसार करीब तीन महीनामा ३७ ट्र्याक्टर, पाँच टिप्पर र एउटा जेसिबी नियन्त्रणमा लिएर कारवाहीका लागि जिल्ला समन्वय समितिमा पठाइएकोे छ । पक्राउ परेका सवारी साधनलाई जिल्ला समन्वय समिति दाङले कारवाही गर्दा रु १० लाख ६० हजार राजश्व सङ्कलन भएको सशस्त्र प्रहरीले जनाएको छ । जसमा ३७ वटा ट्र्याक्टरबाट २० हजारका दरले सात लाख ४० हजार राजश्व सङ्कलन गरिएको हो ।

त्यस्तै पाँच वटा टिप्परको ५० हजारका दरले दुई लाख ५० हजार र एउटा जेसिबीलाई ७० हजारका दरले राजश्व सङ्कलन गरिएको छ । तुलसीपुरका पातुखोला, ग्वारखोला, कालाखोलालगायत खोलाबाट अवैधरुपमा उत्खनन हुने गरेको छ । खोलाबाट ढुङ्गा, गिट्टी, बालुवा उत्खनन हुँदा खोलासमेत गहिरिँदै जान थालेका छन् ।
–––