विविध

प्रेस सोसाइटी २ नम्बरमा नबिन नरसिं

सिरहा   । नेपाल प्रेस सोसाइटीको २ नम्बर प्रदेशको भेला सम्पन्न भएको छ । भेलाले नबिन नरसिं नेपालिको संयोजकत्वमा १५ सदस्यीय समिति चयन गरेको छ । समितिको सहसंयोजक ललन कुमार चौरासिया र सचिव अनिल कुशवाह चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा राम बिनय साह ( बारा), राजेश साह (रौतहट ), राम महतो (सर्लाही ), कैलाश श्रीवास्तव (सप्तरी), सरोज यादब (सर्लाही ), आनन्द यादव (सप्तरी), उशा थापा (धनुषा ), जुसि चौधरी (सप्तरी ), महिद्दिन मन्सुरी(सप्तरी), कृष्ण यादव (सप्तरी ), धर्मेन्द्र पासवान(सिरहा), सरोज सन्त (सिरहा) रहेका छन्  । सिरहाको लहानमा भएको भेलामा नयाँ शक्ती पार्टी २ नम्बर प्रदेश संयोजक शुशिल यादव, कार्यकारी सदस्यहरु राजेश बिद्रोही, लिलाहरी खतिवडा, प्रचार बिभाग प्रमुख बिश्वदीप पाण्डे, सचिव मनोज ढोडारी, प्रेस सोसाइटी अध्यक्ष रुद्र भट्ट, उपाध्यक्ष केशव अर्याल, ३ नम्बर संयोजक योगेन्द्र प्रताप शाही, प्रचार बिभाग २ नम्बर प्रदेश संयोजक मोनिका सिं लगायतले प्रेस सोसाइटी र प्रचारका रणनीतिका बारेमा आ-आफ्ना धारणा राख्नु भएको थियो ।  शुभकामना मन्तव्य ब्यक्त गर्नु भएको थियो । निर्वाचित संयोजक नेपालि सहितका पदाधिकारीहरुले आ आफ्नो प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । भेला नबिन नेपालिको अध्यक्षताम भएको थियोे ।