विविध

नेपाल पत्रकार महासंघले ग¥यो कश्मीरका पत्रकारसंग अन्र्तक्रिया

काठमाडौं । नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिल नेपालको संयुक्त आयोजनामा द्वन्द्व र पत्रकारिता विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिल, विभिन्न पेशागत पत्रकारीता क्षेत्रका पत्रकारहरु र भारतको कश्मीरका पत्रकारहरुको सहभागितामा रहेको थियो । द्वन्द्व र पत्रकारिता विषयक अन्तरक्रिया कार्यक्रमको जनतालाई सत्य तथ्य सूचना दिनु र द्वन्द्व अन्त्यका लागि भुमिका खेल्नु द्वन्द्व पत्रकारिताको उदेश्य रहेको थियो ।
कार्यक्रममा जम्मु प्रेस क्लबका अध्यक्ष अश्विनी कुमारले विगतको तुलनामा कश्मीरमा प्रेस स्वतन्त्रता हनन्का घटनामा सुधार आएको बताउदै कश्मीरले पछिल्ला दिनहरुमा पत्रकारिताका क्षेत्रले फड्को मारेको बताउनुभएको थियो ।
त्यस्तै महासंघका सल्लाहकार तिर्थ कोइरालाले द्वन्द्वका बेला पत्रकारको सुरक्षमा चुनौती हुने भएता पनि पत्रकाहरुले त्यसबाट ज्ञान हासिल गर्ने धारणा राख्नु भएको थियो भने नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोख्रेलले विगतमा नेपालको सञ्चार क्षेत्रले अत्यन्त द्वन्द्वको सामना गर्नुपरेको बताउनु भएको थियो ।
कार्यक्रममा प्रेस काउन्सिल नेपालकाका सदस्य इश्वरी ओझा र बीबीसी वल्र्डका पत्रकार नविन सिहं खड्काले द्वन्द्व पत्रकारिताको बारेमा आ–आफ्नो धारणा राख्नुभएको थियो ।