अन्तराष्ट्रिय

चीनको केमिकल प्लान्टमा विस्फोट, २ जनाको मृत्युः १२ जना बेपत्ता, ३४ घाइते २४ घण्टासम्म पनि आगो नियन्त्रणमा आउन सकेको छैन

लिओनिङ । चीनको लिओनिङ प्रान्तको पान्जिन सहरमा रहेको एक रासायनिक कारखानामा विष्फोट भएको छ । यस दुर्घटनामा २ जनाको मृत्यु भएको छ । ३४ जना घाइते भएको बताइएको छ । सोही क्रममा १२ जना बेपत्ता रहेको बताइएको छ । आइतबार दिउँसो १ः३० बजे दुर्घटना भएको हो । विस्फोटपछि प्लान्टमा आगो लागेको थियो । सोमबार दिउँसोसम्म पनि नियन्त्रण हुन सकेको छैन । चिनियाँ सञ्चारमाध्यम सीसीटीभीका अनुसार दुर्घटना हुँदा नयाँ मेसिन जडान गरिँदै थियो । यससँगै मर्मतसम्भारको काम पनि भइरहेको छ । यस घटनाका केही भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । तिनीहरूबाट धुवाँ उठेको देखिन्छ ।

पान्जिन हाओए केमिकल कम्पनी लिमिटेडमा विष्फोट र त्यसपछि आगलागी भएको एक अधिकारीले बताए । प्लान्टमा दिउँसो १ः३० बजे आगलागी भएको थियो । आगलागीको कारण अहिले नै थाहा हुन सकेको छैन । दमकलले आगो निभाउने प्रयास गरिरहेपनि २४ घण्टा बितिसक्दा पनि आगो नियन्त्रणमा आउन सकेको छैन । पहिले कारखानामा विष्फोट भएको एक अधिकारीले बताए । यसपछि आगो लागेको थियो । आगो यति गहिरो थियो कि छिट्टै कारखानाभर फैलियो । यद्यपी आगलागी के कारणले भएको हो भन्ने जानकारी प्राप्त भएको छैन । यो दुर्घटनापछि कारखानाको सुरक्षालाई लिएर सरकारमाथि प्रश्न उठेको छ । सरकारले औद्योगिक क्षेत्र र कलकारखानालाई सुरक्षित बनाउने योजना बनाउनुपर्ने जनताको माग छ ।