अन्तराष्ट्रिय

जापानका प्रधानमन्त्री इसिबाको सत्तारुढ गठबन्धनले बहुमत गुमायो, संसदीय निर्वाचनको परिणाम अलमलमा

टोकियो, कार्तिक १२ । जापानका प्रधानमन्त्री शिगेरु इसिबाको सत्तारुढ गठबन्धनले संसदको तल्लो सदनका लागि आइतबार भएको निर्वाचनमा बहुमत गुमाएको छ । जापानको सरकारी प्रसारक एनएचकेले यो जानकारी दिएको हो । नतिजाले सत्तारुढ दलको व्यापक आर्थिक ‘घोटाला’ माथि मतदाताहरु आक्रोशीत भएका छन् । एनएचके समाचारका अनुसार इशिबाको लिबरल डेमोक्रेटिक पार्टी र यसको गठबन्धन साझेदार कोमेटोले ४५६ सिट भएको तल्लो सदनमा बहुमत (२३३ सिट) प्राप्त गर्ने सम्भावना नरहेको बताएको छ । जापानको दुई सदनात्मक संसदमा तल्लो सदन निकै शक्तिशाली छ ।

बहुमत गुमाउनुको अर्थ सरकार परिवर्तन होइन, तर नतिजाले इसिबालाई आफ्नो पार्टीका नीतिहरू संसदमा पारित गराउन कठिन हुने र उनले तेस्रो गठबन्धन साझेदारको खोजी गर्नुपर्ने हुन सक्छ । आफ्नो पूर्ववर्ती फुमियो किशिदाले लिबरल डेमोक्र्याटिक पार्टीको कार्यप्रति जनताको आक्रोशलाई शान्त पार्न असफल भएपछि अक्टोबर १ मा पदभार ग्रहण गरेका इसिबाले समर्थन जुटाउने आशामा तत्काल निर्वाचनको आदेश दिएका थिए ।

४६५ सिट भएको जापानी संसदको तल्लो सदनमा प्रधानमन्त्री शिगेरु इसिबाको लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) र जुनियर गठबन्धन साझेदार कोमेटोले २०९ सिट जितेका छन्, जुन अघिल्लो २७९ सिटको तुलनामा कम छ र सन् २००९ मा छोटो समयका लागि सत्ता गुमाएपछि गठबन्धनको यो उच्च संख्यामा खराब परिणाम बनेको छ । ‘यो चुनाव हाम्रा लागि धेरै गाह्रो भएको छ,’ कोमेटोका प्रमुख केइची इसिले आफ्नो जिल्लामा पराजय भोग्नुपरेको टिभीलाई बताएका छन् ।