इस्लामाबाद । पाकिस्तानमा बलुच आर्मीले रेल अपहरण गरेको छ । अपहरणका कारण करिब चार सय जना आतंककारीको कब्जामा परेका थिए । सो ट्रेनमा १४० सैनिक पनि सवार रहेको बताइएको छ । यस्तो अवस्थामा जफर एक्स्प्रेसमा सवार सबै यात्रुहरूलाई बलुचिस्तान आर्मीका आतंककारीहरूले छोडे तर ट्रेनमा सवार सबै सैनिकहरूलाई बन्धक बनाएको स्थानिय समाचारले जनाएको छ ।
पाकिस्तानी सेनाले ट्रेनलाई अपहरणकारीबाट मुक्त गर्ने जिम्मा लिएको छ । योसँगै सेना र आतंककारीबीचको भिडन्तमा २० सैनिकको मृत्यु भएको छ । बलुचिस्तान लिबरेशन आर्मीले एक विज्ञप्ति जारी गर्दै मस्कफ, धादर र बोलानमा सावधानीपूर्वक रेल अपहरण गरिएको जनाएको छ ।
बीएलएले बताए अनुसार हाम्रा लडाकुहरूले पहिले रेल ट्र्याकलाई बमले उडाए, त्यसपछि रेल सजिलै रोकियो । रेल ट्र्याकमा रोकिने बित्तिकै हाम्रा मानिसहरूले रेल नियन्त्रणमा लिए । आतंकवादी संगठनहरूले पाकिस्तानी सेनाले कुनै कारवाही गरेमा सबै १ सय ४० बन्धक मारिने बताएका छन् । बीएलएले पाकिस्तानी सेनालाई कडा चेतावनी दिएको छ कि यदि तिनीहरू विरुद्ध कुनै पनि प्रकारको सैन्य कारबाही सुरु भयो भने यसको गम्भीर परिणाम हुनेछ । संगठनले आक्रमण गरेमा सबै बन्धकहरूलाई मारिने र यसको सम्पूर्ण जिम्मेवारी पाकिस्तानी सेनाको काँधमा पर्ने चेतावनी दिएको छ ।
बलुच लिबरेशन आर्मी (बीएलए) आतंककारीहरूले जाफर एक्सप्रेस अपहरण गरेपछि पाकिस्तानी सेनाले जवाफी कारबाही सुरु गरेको छ । स्थल सेनाहरू पछि हट्नुपरेको थियो, त्यसपछि अहिले हवाई आक्रमण भइरहेको छ । घटनास्थलमा हेलिकप्टर र लडाकु विमान पठाइएको छ । बीएलएको माजिद ब्रिगेड, एसटीओएस, फताह स्क्वाड र जिराब युनिटका लडाकुहरू अझै बलियो स्थितिमा छन् । संगठनले पाकिस्तानी सेनालाई चेतावनी दिँदै भनेको छ, आफ्ना सैनिकहरूलाई बचाउने यो अन्तिम मौका हो ।
बन्धकहरूमा पाकिस्तानी सेना, प्रहरी, एन्टी टेररिज्म फोर्स (एटीएफ) र इन्टर–सर्भिसेस इन्टेलिजेन्स (आईएसआई) का सक्रिय ड्युटी कर्मचारीहरू पनि छन्, जो छुट्टीमा पञ्जाब जाँदै थिए । बीएलएले स्पष्ट चेतावनी दिएको छ कि यदि पाकिस्तानी सेनाले कुनै जवाफी कारवाही गरेमा सबै बन्धकहरूलाई मारिनेछ । बीएलएका प्रवक्ता जिआन्द बलोचले आक्रमणको जिम्मेवारी लिए र यो अपरेशन पूर्णतया योजनाबद्ध थियो र उनीहरूका लडाकुहरूले रेल र यात्रुहरूमाथि पूर्ण नियन्त्रण रहेको बताएका छन् ।
Add Comment