Home » Sample Page » थाइल्याण्ड र कम्बोडियाबीचको तीन दिनको युद्धमा हजारौं घरबारविहीन, कम्तिमा ३१ जनाको मृत्यु
अन्तराष्ट्रिय

थाइल्याण्ड र कम्बोडियाबीचको तीन दिनको युद्धमा हजारौं घरबारविहीन, कम्तिमा ३१ जनाको मृत्यु

बैंकक । थाई र कम्बोडियाली सैनिकहरू बीच सीमामा तेस्रो दिन पनि झडप जारी रह्यो, जसका कारण हजारौं मानिसहरू विस्थापित हुनुपरेको छ । दुई देशहरू बीच जारी द्वन्द्वमा हालसम्म ३१ जनाको मृत्यु भइसकेको छ । द्वन्द्व अझ बढ्ने सम्भावना छ । संयुक्त राष्ट्र सुरक्षा परिषद्ले शुक्रबार राति न्यूयोर्कमा आपतकालीन बैठक आयोजना ग¥यो, जबकि हाल १० राष्ट्रको आसियान समूहको अध्यक्षता गरिरहेको मलेसियाले दुई देशलाई द्वन्द्व अन्त्य गर्न आह्वान गर्दै मध्यस्थता गर्ने प्रस्ताव गरेको छ ।

सुरक्षा परिषद्ले कुनै विज्ञप्ति जारी गरेन, तर परिषद्का एक कूटनीतिज्ञले भने कि सबै १५ सदस्यहरूले थाइल्याण्ड र कम्बोडियालाई तनाव कम गर्न, संयम अपनाउन र शान्तिपूर्ण रूपमा विवाद समाधान गर्न आह्वान गरेका छन् । नाम न छाप्ने सर्तमा समाचरका लागि कूटनीतिज्ञले भने, परिषद्ले दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संघ (आसियान) लाई जारी सीमा द्वन्द्व समाधान गर्न मद्दत गर्न आग्रह गरेको छ ।

थाइल्याण्डको स्वास्थ्य मन्त्रालयले शुक्रबार दुई देशबीच जारी द्वन्द्वबाट चार सीमावर्ती प्रान्तहरू प्रभावित भएको र त्यहाँका गाउँका ५८,००० भन्दा बढी मानिसहरू अस्थायी आश्रयस्थलहरूमा शरण लिन बाध्य भएको बताएको छ । यसैबीच, कम्बोडियाली अधिकारीहरूले २३,००० भन्दा बढी मानिसहरू सीमा नजिकका क्षेत्रहरूबाट भागेको बताएका छन् ।

थाइल्याण्ड र कम्बोडियाबीच जारी द्वन्द्वमा थाइल्याण्डमा कम्तीमा १९ जनाको मृत्यु भएको छ भने कम्बोडियाले शनिबार देशमा १२ जनाको ज्यान गएको बताएको छ । यससँगै त्यहाँ मृत्यु हुनेको संख्या १३ पुगेको छ । थाइल्याण्डका कामचलाउ प्रधानमन्त्री फुम्थम भेचायचाईले शुक्रबार भने अनुसार नागरिकको मृत्यु र अस्पतालमा भएको क्षतिको लागि कम्बोडिया जिम्मेवार हुन सक्छ । उनले भने कि थाइल्याण्डले “कम्बोडियाको उत्तेजना र आक्रामकताको सामना गर्दा अत्यधिक संयम र धैर्यता“ देखाएको छ । थाई सेनाले शुक्रबार बिहान सीमावर्ती धेरै क्षेत्रहरूमा झडप भएको रिपोर्ट गरेको छ ।

दुवै देशले प्राचीन ता. मुएन थोम मन्दिर आ—आफ्नो भएको दाबी गरेको छन् । दुबै देशको सिमानामा पर्ने ता. मुएन थोम मन्दिर हिन्दू धर्मावलम्बीहरुका अराध्य “देवोके देव महादेव” अर्थात भगवान शिवको मन्दीर हो जुन विश्वको सम्पदा “हेरिटेज” सुचिमा पर्दछ ।