Home » Sample Page » सूचना प्रविधि अध्ययनमा छात्रवृत्ति : क्यान
शिक्षा

सूचना प्रविधि अध्ययनमा छात्रवृत्ति : क्यान

विराटनगर ।  कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान)ले सूचना प्रविधि अध्ययनका लागि यस वर्षका लागि रु एक करोड ८३ लाखबराबरको छात्रवृत्ति प्रदान गर्ने भएको छ । सूचना प्रविधिको विस्तार ग्रामीण क्षेत्रमा पुगोस् भन्ने उद्देश्यले गरीब तथा जेहन्दार विद्यार्थीलाई क्यान नेशनल आइसिटी स्कलरसिप–२०७५ प्रदान गर्न लागिएको बताइएको छ । क्यान तथा लर्ड बुद्ध एजुकेशन फाउण्डेशनद्वारा शनिबार साँझ यहाँ आयोजित संयुक्त पत्रकार सम्मेलनमा सात प्रदेशबाट सात छात्रालाई छात्रवृत्तिअन्तर्गत काठमाडौँमा रहेको लर्ड बुद्ध एजुकेशन फाउण्डेशनमा स्नातक तह अन्तर्गत बिएस्सी आइटी विषयको अध्ययन गराइने छ ।
उक्त छात्रवृत्तिअन्तर्गत फिमेल मेरिट आइसिटी स्कलरसिपबाट चारजना, आइसिटी मेरिट स्कलरसिपबाट तीनजना गरी एक प्रदेशबाट सातजना र सात प्रदेशबाट ४९ जनालाई रु एक करोड ८३ लाख ३६ हजार ५०० बराबरको छात्रवृत्ति उपलब्ध गराइने छ । छात्रवृत्ति प्रदान गर्नका लागि क्यान महासंघले जिल्ला, प्रदेश र केन्द्रीयस्तरको छात्रवृत्ति छनोट समितिसमेत गठन गर्नेछ भने समितिले कक्षा १० र कक्षा १२ को प्राप्त अंक, स्थायी ठेगाना, आर्थिक अवस्था र स्थानीय सरकारको सिफारिसलगायतका आधारमा विद्यार्थी छनोट गर्नेछ ।
पत्रकार सम्मेलनमा लर्ड बुद्ध एजुकेशनका पंकज जलानले आगामी वर्ष छात्रवृत्ति विद्यार्थी संख्यामा थप गर्ने बताउनुभयो । क्यान महासंघ, प्रदेश नं १ का अध्यक्ष देवकुमार सुब्बा क्यानका जिल्ला संस्थापक अध्यक्ष सन्तोष दाहाल, चन्दन कुण्डलियालगायतले सूचना प्रविधि विषयलाई शिक्षा मन्त्रालयले विद्यालयस्तरीय पाठ्यक्रममा राख्नुपर्ने तथा सूचना प्रविधि विषयको अध्ययनको शुल्क महँगो भएकाले कम गराउनुपर्नेमा जोड दिनुभयो ।

युट्युब च्यानल

Oops, something went wrong.

RSS: Reuters World News

[wp_rss_aggregator link_before=’

  • ‘ class=”feed-link”‘ link_after=’

‘ source=”255″ limit=”10″]