संयुक्त राष्ट्रसंघ, १७ फागुन । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले मालीमा भएको शान्ति सैन्यको हत्याको निन्दा गर्नुभएको छ । मालीमा शान्ति स्थापनाको काममा खटेका राष्ट्रसंघीय मिसनका चारजना बंगाली सैनिकको बुधबा विद्रोहीले हत्या गरेका थिए । विद्रोहीको हमलामा परी अरु चार सैनिक नराम्ररी घाइते भएका पनि समाचारमा जनाइएको छ । मालीमा यहाँका छ जना सैनिकको हत्या भएको एक दिनपछि थप चार जना शान्ति सैन्य पनि मारिएका छन् ।
महासचिव गुथ्रेसले बुधबार प्रकाशन गर्नुभएको विज्ञप्तिमा शान्ति सैनिकमाथि भएको हमला मानवीय अपराध हो भन्दै उनीहरुलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्नेमा उहाँले जोड दिनुभएको छ । मालीमा सन् २०१३ मा राष्ट्रसंघीय मिसन स्थापना भएको हो । यहाँको प्रजातान्त्रिक राजनीतिक प्रक्रियालाई सघउन र देशमा शान्ति सुरक्षा र अमन चयन कायम गर्नका लागि उक्त मिसनको स्थापना गरिएको हो । उक्त मिसनमा खटिएका शान्ति सैन्यमाथि पछिल्लो समयमा हिंसात्मक हमला हुने गरेको छ । त्यसमा परी केही शान्ति सैनिक मारिएका छन् । -सिन्ह्वा
Add Comment