अन्तराष्ट्रिय

पाँच सय गाडीको ¥यालीसहितको विश्व रेकर्ड

प्रयागराज, भारत । भारतमा कुम्भ मेला विषेश गाडीको लामो ¥याली निकालेर विश्व रेकर्ड कायम गरिएको छ । कुम्भ मेला विषेश ५०० बस लगातार सँगै गुडाएर गिनिज बुकमा दर्ता गरिएको अधिकारीहरुले बिहीबार जनाएका छन् । यस अगाडि यसैगरी सवै भन्दा धेरै अर्थात् ३९० ओटा बस लगातार सँगै गुडाएर अबू धाबीमा विश्व रेकर्ड कायम गरिएको थियो । भारतको उत्तर प्रदेश सडक यातायात कर्पोरेसन (युपिएसआरटीसी)ले ती बसहरुलाई ३.२ किलोमिटर सम्म गुडाएको बताइएको छ । युपिएसआरटीसीले सवै राज्यका १८ ओटै क्षेत्रलाई जनशक्तिसहित गाडी पठाउन फेब्रुअरी २७ मा निर्देशन दिएको थियो ।-रासस/एएनआई