धर्म/संस्कृति

जुलाई १ मा क्लष्टर १ अन्र्तगतका लायन्स क्लबहरुद्वारा सञ्चारकर्मीलाई खाद्यान्न सहयोग

काठमाडौं । लायन्स क्लब अन्र्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ ए २ मल्टिपल डिष्ट्रिक्ट २३५ अन्र्तगत रहेका लायन्स क्लबहरुको एक वर्षे (लायन्स वर्ष २०२१/२०२२) कार्यकाल १ जुलाई बाट शुरु भएको उपलक्षमा समाजसेवाको क्षेत्रमा विभिन्न कार्यक्रमहरु गर्दै श्रीगणेश गरेको छ ।

डिष्ट्रिक्ट ३२५ ए २ को क्लष्टर १ अन्र्तगत रहेका आठ जोन मध्य जोन १ ले हङ्गर रिलिफ कार्यक्रम, जोन २ रक्तदान, क्लब उद्घघाटन, वृक्ष रोपण, हङ्गर रिलिफ, सम्पदा सरसफाई, सदस्य अभिमुखीकरण, स्टेशनरी र खाद्य सामग्री वितरण गरेको छ भने जोन ३ ले हङ्गर रिलिफ, त्यस्तै जोन ४ हङ्गर रिलिफ, बाढी पीडितहरूलाई सहयोग गरेको छ ।

जोन ५ ले नयाँ क्लब उद्घाटन गर्दै बाढी पीडितका लागि नगद रु बीसहजार  र धुम्बराही वृद्धाश्रमलाई रु दश हजार नगद सहयोग गरेको छ । जोन ६ ले हङ्गर रिलिफ कार्यक्रम, क्लब उद्घाटन गरेको छ । त्यस्तै जोन ७ ले छात्रवृत्ति वितरण कार्यक्रम र  जोन ८ ले स्वास्थ्य सम्बन्धित सामग्री र हङ्गर रिलिफ सामग्री वितरण गरेको छ ।