अन्तराष्ट्रिय

काबुल आक्रमणः अमेरिकाद्वारा आईएसआईएसको गढमा बम प्रहार, हमलामा षड्यन्त्रकारी मारिएको दावी

काबुल । काबुल विमानस्थलमा आईएसआईएस–के आक्रमणमा आफ्ना १३ सैनिक मारिएपछि अमेरिकाले जवाफी कारबाही शुरू गरेको छ । शनिबार अमेरिकी सेनाले हवाई हमलामा आतंकवादी संगठन आईएसआईएसको ठिकानालाई निशाना बनाएर बम प्रहार गरेको थियो । निशाना (षड्यन्त्रकारी) हमलामा मारिएको बताइएको छ । अमेरिकी मिडियाका अनुसार अफगानिस्तानको नाङ्गहार प्रान्तमा आतंकवादी संगठन आईएसआईएस–के का आधार ईलाकाहरुलाई ड्रोन हमलाको माध्यमबाट निशाना बनाइएको थियो ।

अफगानिस्तानको नाङ्गहारलाई आइएसआईएसको गढ मानिन्छ । रिपोर्टका अनुसार यस हमलामा कथित षड्यन्त्रकारी मारिएको बताईएको छ । यस हमलामा कुनै सर्व साधारण नागरिक भने मारिएन छैनन् । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले पनि यो हमलाको पुष्टि गरेको छ । केन्द्रीय कमाण्डका कप्तान बिल अर्बनले अफगानिस्तानको नाङ्गहार प्रान्तमा हवाई हमला गरिएको बताएउदै प्रारम्भिक संकेत अनुसार सहि लक्ष्यमा तल बम हानिएको भनेकाछन् ।

अर्कोतर्फ, अफगानिस्तानको काबुल विमानस्थलमा फेरी एक पटक आतंकवादी हमलाको खतराको शंका गरिएको छ । अमेरिकी गुप्तचर रिपोर्टले एक पटक फेरी विमानस्थल वरपर आतंकवादी हमलाको सम्भावना बढाएको उल्लेख गरेको छ । खतरालाई ध्यानमा राखी काबुलस्थित अमेरिकी दूतावासले मानिसहरुलाई विमानस्थलका सबै गेटहरुबाट टाढा जान आग्रह गरेको छ । साथै अमेरिकी दूतावासले अमेरिकी नागरिकहरुलाई बिमानस्थल जानको लागी एडवाईजरी समेत जारी गरेको छ ।

आफ्नो बयानमा पेन्टागनले यसलाई ओभर–द–होराइजन अपरेशनको रूपमा वर्णन गरेको छ । जसको अर्थ ड्रोनले अफगानिस्तानको क्षेत्र भन्दा बाहिरबाट उडान भरेर आक्रमण गरेको थियो । अफगानिस्तानबाट सेना फिर्ता भएपछि बिडेन प्रशासनसँग यस्तै आक्रमणको विकल्प रहनेछ । काबुल एयरपोर्टमा भएको आक्रमणपछि बिडेनले अमेरिकाले यो हमलालाई न बिर्सने छ न माफ गरिने बताएका छन् । उनले सेनालाई जवाफी कारबाहीको तयारी गर्न समेत आदेश दिएका छन् ।